दफा १०६
सरुवा रोग सम्बन्धी कानूनको उल्लङ्घन गर्न नहुने

(१) कसैले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोगकोसम्बन्धमा जारी गरेको नियम, निर्देशन वा आदेश उल्लङ्घन गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।तर त्यस्तो नियम, निर्देशन वा आदेश उल्लङ्घन गरेको कारणबाट कसैको ज्यान जान सक्नेअवस्था रहेछ भने निजलाई दफा १०४ बमोजिम सजाय हुनेछ ।